राष्ट्रपति भण्डारी छोरीको घरमा सर्दै, बिदाइ गर्न पुगे मुख्यमन्त्री अधिकारी
पाेखरा | फागुन २९, २०७९
पोखरा: राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो छोरीको घरमा सर्ने भएकी छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै शीतलनिवास जाने तयारी छ ।
राष्ट्रपति भण्डारीका सचिवालयका अनुसार भण्डारीको घर बन्दै गरेकाले शीतलनिवासबाट केही समय छोरीको घरमा सर्ने तयारी गरेकी हुन् । भण्डारीका दुई छोरीहरु छन् ।
प्रथम राष्ट्रपति डा. रामवरण यादव झन्डै आठ वर्ष र राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो र तेस्रो कार्यकालका लागि सात वर्ष गरी १५ वर्ष राष्ट्र प्रमुखको दायित्वमा रहेकी थिइन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथग्रहण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको कार्यभार समाल्नेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी हिजो (आइतबार) नै काठमाडौं पुगेका छन् । राष्ट्रपति भण्डारीलाई बिदाइ गर्ने भन्दै मुख्यमन्त्री अधिकारीलाई काठमाडौं निमन्त्रणा गरेको हो । नेकपा एमालेले भोलि उपराष्ट्रपतिको निर्वाचन केन्द्रित छलफल गर्ने भएकाले मुख्यमन्त्री अधिकारी काठमाडौं गएका हुन् ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

